Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

उत्तराखण्ड – दाइजोको लोभमा दुलाहा बनेर दुई युवतीलाई विवाह गरेर ठगी गरेको आरोपमा भारतमा एक महिला पक्राउ परेकी छिन् ।

दाइजोको माग गरेको उजुरीको आधारमा भारतको उत्तरी राज्य उत्तराखण्डमा प्रहरीले कृष्ण सेनलाई पक्राउ गरेको थियो । तर, सोधपुछका क्रममा कृष्ण वास्तवमा युवती रहेको खुलासा भएको थियो । २६ वर्षीय कृष्णको वास्तविक नाम स्वीटी हो ।

उनले सन् २०१४ मा पहिलो विवाह गरेपछि पुरुष बनेर युवतीहरुलाई ठगी गर्दै आएकी थिइन् । ‘हामीले शुरुमा कृष्णले भनेको कुरा नै बुझेनौँ,’ प्रहरी अधिकारी जनामेजय खान्दुरीले बिबिसीसँग कुरा गर्दै भने, ‘त्यसपछि हामीले उनको स्वास्थ्य परिक्षण गरायौँ, जहाँ उनी वास्तवमा महिला भएको रहस्य खुल्यो ।’

स्वीटीले पहिलो पत्नीलाई विवाह लगत्तै छाडेका थिए । त्यसपछि सन् २०१७ को अप्रिलमा दोस्रो विवाह गरे । तर, पहिलो पत्नीका परिवारले दाइजो माग्दै दुःख दिएको भन्दै उनीविरुद्ध उजुरी गरेका थिए । स्वीटीले ८ लाख पचास हजार भारतीय रुपैयाँ सापटी लिएको तर नतिरेको परिवारले आरोप लगाएको थियो ।

स्वीटीले आफूलाई सानैदेखि पुरुष बन्ने ईच्छा भएको प्रहरीसमक्ष बयान दिएकी छिन् । स्वीटीको परिवारलाई उनको यस हर्कतबारे थाहा थियो या थिएन भन्ने चाहीँ खुलेको छैन ।

प्रहरीका अनुसार कसैले वास्तविकता थाहा नपाओस् भनेर उनले धेरै पुरुष साथी रहेको र चुरोट रक्सी पिउनेदेखि मोटरसाइकल चलाउनेसमेत गरेकी थिइन् । उनको हुलिया र बोलिचालीले कसैले पनि उनी पुरुष नभएको शंका पनि गर्न सकेनन् ।

तपाईको प्रतिक्रिया