Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडाैं – नेत्रहीन विश्वकप क्रिकेट अन्तर्गतको पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित भएको छ ।

पाकिस्तानको लाहोरमा नेपालले दिएको २ सय ५९ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । पाकिस्तानको जिन्नाह रंगशालामा पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो ।

नेपालका रमेशबहादुर बाँनियाले ५९, पदम बडेलाले ५०  बद्री चौलागाँइले ४९ रन बनाए । नेपालले दोस्रो खेल भोली बंगलादेशसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया