Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

काठमाडौँ –   नेपाल राष्ट्र बैंकले सरकारी कर्मचारीका लागि आजदेखि नयाँ नोट सट्ने भएको छ। यसअघि प्रकाशित सूचना अनुसार कर्मचारीले आफू कार्यरत कार्यालयको सिफारिस पत्र अनुसार राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट आजदेखि नयाँ नोट साट्न पाउनेछन्।

कर्मचारीलाई राष्ट्र बैंकले भदौ ३० गतेसम्म नयाँ नोट उपलव्ध गराउनेछ। सर्वसाधरण नागरिकले भने भदौ २८ गतेबाट नयाँ नोट साट्न पाउनेछन्। सर्वसाधरणले मुद्रा व्यवस्थापन विभाग थापाथली काउण्टर र अन्य तीन सरकारी बैंकबाट नोट साट्ने पाउनेछन्।

राष्ट्र बैंकको सूचना अनुसार कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका उपत्यकाका विभिन्न शाखा तोकिएका छन्। उपत्यका बाहिर सरकारी बैंकका शाखासँगै नोटकोष सञ्चालन गरेका अन्य वाणिज्य बैंकहरुले पनि नयाँ नोट साट्नेछन्।

तपाईको प्रतिक्रिया