Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडौं – काठमाण्डौं उपत्यका सहित मुलुकका विभिन्न भागमा स्वाइन फ्लुको संक्रमण बढेपछि सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ ।

एच वान् एन वान् भाइरसवाट हुने यो संक्रमण जुन महिनाको अन्तिमदेखि देखिन थालेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेर बहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो एक महिनामा सो अस्पतालमा उपचार गराउन आउने मध्ये ३ जनामा यो संक्रमण भेटिएको छ ।

सामान्यतस् यो रोग लागेपछि ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वासप्रश्वासमा अफ्ठेरो हुने, वान्ता हुने लक्षण देखिने गरेका छन् । यस्ता खालका लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन डा. पुनले आग्रह गर्नुभयो ।

स्वाइन फ्लु सरुवा रोग भएकाले कुनै पनि व्यक्ति सार्वजनिक ठाँउमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछिउँ गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले राम्ररी हातमुख धुने, झोलिलो खानेकुराको सेवन बढी मात्रामा गर्ने लगायतका सचेतता अपनाउन आग्रह गरिएको छ ।

स्वाइन फ्लुबाट हालसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया