Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

काठमाडौं – भारतका गुगल ब्वाइ भनेर चिनिएका कौटिल्य पण्डितले नेपालमा धार्मिक पर्यटन क्षेत्रको पर्याप्त सम्भावना रहेकाले त्यस क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको धार्मिक पर्यटन अभिवृद्धि गर्ने उद्देश्यले बिहीबार काठमाडौँ आउनुभएका पण्डितले प्राचीन सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्व परिवेशमा विकास भएका प्रविधि, आणविक हतियार तथा आतङ्कवादले अहिले अन्तर्रा्ष्ट्रिय क्षेत्रलाई चुनौती थपेको बताउँदै शान्ति कायम गर्न नैतिक शिक्षाको खाँचो रहेको औँल्याउनुभयो । आइल्यान्ड इन्र्टटेनमेन्ट प्रालिले पण्डितको नेपाल भ्रमणलाई संयोजन गरेको छ ।

यसअघि उहाँ पशुपतिनाथको मन्दिरमा दर्शन तथा पूजा गर्नुभएको कार्यक्रमका संयोजक सुदर्शन शर्माले जानकारी दिनुभयो ।  हरियाणामा जन्मनुभएका नौ वर्षीय पण्डितले अङ्ग्रेजी भाषामा अन्तक्र्रिया गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया