Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

काठमाडौं – चिनियाँ सरकारको मुखपत्र मानिएको ग्लोबल टाइम्सले भारतले दक्षिण एसियाली राष्ट्रहरुमा भारतले हस्तक्षेप जारी राखे चीनले त्यसको प्रतिवाद गर्ने बताएको छ । आज लेख प्रकाशित गर्दै ग्लोबल टाइम्सले भारत चीनको विकासको परियोजनाको हिस्सा हुनुपर्ने कुरा दोहोराएको छ, जसले वान बेल्ट वान रोड परियोनातर्फ संकेत गर्छ ।

आज प्रकाशित एक कार्टुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वान बेल्ट वान रोडको बसमा चढ्ने वा नचढ्ने भनेर दुविधामा रहिरहँदा बसका यात्राहरु भने हाँसिरहेको देखाइएको छ । विहारमा भएको अन्तर्राष्ट्रिय बुद्ध सेमिनारमा दलाई लामालाई बोलाएको प्रशंगलाई उल्लेख गर्दै लेखमा भारत चीन नीतिबारे रनभुल्ल रहेको उल्लेख गरिएको छ । भारत र दलाई लामाको सम्बन्धबारे सँधै चीन सशंकीत रहने गरेको छ ।

भारतले दक्षिण एसियालाई आफ्नो आँगन ठान्ने गरेको उल्लेख गर्दै ग्लोबल टाइम्सले लेखमा भनेको छ– ‘यो ९दक्षिण एसिया० क्षेत्रमा बेइजिङको बढ्दो प्रभावबारे भारतले असहज महसुस गर्नु स्वभाविक हो । उदाहरणका लागि भारतले आर्थिक र कुटनीतिक रुपमा नियन्त्रण गरिरहेको भुटान र चीनबीच हालसम्म कुटनीतिक सम्बन्ध स्थापना हुन सकेको छैन् ।’ भारतको हस्तक्षेपले चीन र नेपालबीचको सम्बन्धमा पनि असर परेको उल्लेख गर्दै लेखमा अगाडि भनिएको छ– ‘नेपालले दुई ठूला छिमेकीको बीचमा रहेर तटस्थ नीति लिँदा पनि भारतले त्यसलाई बेइजिङ परस्त बनेको भनेर सशंकीत हुने गरेको छ । यो सरासर गलत हो ।’

भारतको मिडियाले चीनका स्टेट काउन्सिलर र रक्षामन्त्री जेनरल चाङ वानकुवानको नेपाल र श्रीलंकाको भ्रमणबारे गरेको रिर्पोटिङको बारेमा पनि असन्तुष्टि प्रकट गरेको छ ।हिन्दुस्तान टाइम्सले चाङको नेपाल भ्रमण र चीन र नेपालको संयुक्त सैन्य अभ्यासले दिल्ली ‘व्यग्र’ बनेको समाचार छापेको थियो । लेखमा भारतले दक्षिण एसियालाई आफ्नो आँगन ठान्ने गरेको कुरा उल्लेख गरेको छ । ‘यो क्षेत्रमा बेइजिङको बढ्दो प्रभावबारे भारतले असहज महसुस गर्नु स्वभाविक हो ।

उदाहरणका लागि भारतले आर्थिक र कुटनीतिक रुपमा नियन्त्रण गरिरहेको भुटान र चीनबीच हालसम्म कुटनीतिक सम्बन्ध स्थापना हुन सकेको छैन,’ लेखमा भनिएको छ ।भारतको हस्तक्षेपले चीन र नेपालबीचको सम्बन्धमा पनि असर परेको उल्लेख गरिएको छ । नेपालले दुई ठूला छिमेकीको बीचमा रहेर तटस्थ नीति लिँदा पनि भारतले त्यसलाई बेइजिङ परस्त बनेको भनेर सशंकीत हुने गरेको बताइएको छ । भारतका ‘परिधीय’ राष्ट्रहरु चीनको पनि छिमेकी रहेको बताउँदै भारतले उनीहरुलाई समान व्यवहार नगर्ने गरेको लेखमा बताइएको छ ।

तपाईको प्रतिक्रिया