Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

बेल्जियम – जनसम्पर्क समिती बेल्जियमको चौथो अधिवेशन अन्तर्गत गत आईतबारका दिन सम्पन्न भएको निर्वाचनमा अध्यक्ष पदमा सिता सापकोटा निर्वाचित हुनुभएको छ । मार्च पाँचमा भएको चौथो अधिवेशनमा कार्यसमिति चयनमा सहमति हुन नसकेपछि एक हप्ता पछिको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन भएको थियो ।

अध्यक्ष पदका लागि तिन जनाले उम्मेदवारी दिएका थिए, जसमा अनुजा प्रधान, माधव सापकोटा र सिता सापकोटा रहेका थिए । आइतबार भएको मतदानमा एक हजार ७१ मत खसेको थियो । सिता सापकोटाले पाँच सय चौसठ्ठी मत ल्याउनुभएको थियो भने विपक्षिमा रहेका माधव सापकोटाले चार सय उन्नासी मत ल्याउनुभएको थियो । अनुजा प्रधानले एक दिन अगाडी आफ्नो नाम फेसवुक मार्फत सार्वजनिक गरेर झिकेको बताउनुभएको थियो ।

बरिष्ठ उपाध्यक्षमा देबेन्द्र पौडेल देवु, उपाध्यक्ष कमल सिटौला, उपाध्यक्ष नरहरी सापकोटा, महामन्त्री दिनेश भण्डारी, सुवास गुरुङ, कोषाध्यक्ष विराट जोशी, तथा सदस्यहरु गीता पुडासैनी, सुवर्ण अधिकारी, रेना बस्नेत, जगदिश सापकोटा, र जुमकाजी गुरुङ विजयी भएका छन् ।

सर्वसम्मत भएकामा बरिष्ठ महिला उपाध्यक्ष दिलमाया शर्मा पौडेल, सह–महामन्त्री धर्म पाठक, सदस्य पदमा क्षेत्रिय सदस्यहरु सर्वसम्मत भएका छन् । ब्रसेल्सबाट केशव सापकोटा, पार्वता शर्मा, राजु थापा, आन्तोरपेनमा विजय मल्ल, उल्लका घिमिरे, राधा प्रधान, जोगमान तामाङ्ग, दामन तामाङ, वेष्ट भलान्दरनबाट राजेन्द्र शर्मा, पुर्ण तिमल्सिना, र रविन पण्डित सर्व सम्मतमा चयन भएका हुन् ।

बेल्जियमको चार शहरहरु मध्ये ब्रसेल्स, आन्तोरपेन, ब्रुज र लुभेनमा चार छुट्टाछुट्टै केन्द्रमा मतदान भएको थियो । तर लुभेनको हकमा भने सहमति हुन नसक्दा दुवै प्यानलबाट जम्मा पाँच सदस्य पदका लागि नौ जना चुनावी मैदानमा उत्रिएका हुन् । पाच मध्ये तीन जना महिला र दुई जना पुरुष विजयी भएका छन् । यसपटकको कार्यसमिति महिला धेरै छानिएका छन ।

सस्थापक अध्यक्ष ध्रुवराज पौडेल, पुर्व अध्यक्ष तथा निर्वाचन आयुक्त इन्द्र क्षेत्री पकवान, पुर्व अध्यक्ष तथा एनआरएन अध्यक्ष गंगाधर गौतम, निवर्तमान अध्यक्ष सन्तोष जोशी (शुवास), निर्वाचन उप(संयोजक नन्दराज घले, निर्वाचन सचिव तथा पुर्व सल्लाहकार झलक केसी, सहितको टोलीले सवैलाई समेटेर सौहार्दपुर्ण बातावरणमा निर्वाचन सम्पन्न गराएको सवै कांग्रेसजनको भनाइ छ । बिजयी उम्मेदवार हरुलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधी सुरेन्द्र पाण्डेको प्रमुख उपस्थितिमा प्रमाण वितरण समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया