Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

बैंकक – भारतीय एयर एम्बुलेन्स सोमबार थाइल्याण्डको राजधानी बैंकक नजिकै दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईजना चिकित्सकको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनालगत्तै घाइतेलाई हेलिकोप्टरबाट अस्पताल लगिएको अधिकारीहरुले जनाएका छन् ।समाचार एजेन्सीहरुका अनुसार भारतको मेदान्ता अस्पतालको एयर एम्बुलेन्स फोक्सको सम्बन्धी एक बिरामी लिनका लागि बैंकक गएको थियो ।

विमानमा प्राविधिक समस्या भएपछि आपतकालिन अवतरणको क्रममा दुर्घटना भएको बताइएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजका अनुसार एयर एम्बुलेन्सका पाइलट अरुणाक्ष नन्दीको मृत्यु भएको हो ।

त्यसैगरी डा. शैलेन्द्र र डा. कोमल आइसीयुमा छन् । दुई अन्य घाइतेलाई भने सामान्य चोट लागेको छ ।

तपाईको प्रतिक्रिया