Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

अमेरिका – अमेरिकाको संघीय जाँच आयोग (एफबिआई) का निर्देशक जेम्स कोमीले पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोन ट्याप गरेको भन्ने आरोप खारेज गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले गएको शनिबार ओबामाले आफ्नो फोन ट्याप गरेको आरोप लगाउनुभएको थियो ।

ट्रम्पले ट्वीट गर्दै ओबामा निकै खराब मानिस रहेको भन्दै ओबामा सरकारले आफ्नो फोन ट्याप गरेको आरोप लगाउनुभएको थियो । तर एफबिआईका निर्देशक कोमीले ट्रम्पको आरोप खारेज गर्नुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले ट्वीट गरेर चुनावको नतिजा आउनु केही अघि मात्रै ओबामा सरकारले ट्रम्प टावरमा टेलिफोन ट्याप गरेको र केही नपाएको आरोप लगाउनुभएको हो । एफबिआई निर्देशक कोमीले न्याय विभागसँग ट्रम्पले ओबामा सरकारमाथि लगाएको आरोप खारेज गर्न आग्रह गर्नुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पको आरोपलाई पुष्टि गर्ने खालको प्रमाण नरहेको भन्दै कोमीले उहाँको आरोप खारेज गर्नुभएको हो । ओबामाले आफ्नो शक्तिको दुरुपयोग गरे नगरेको बारे छानबिन गर्न राष्ट्रपति कार्यालय ह्वाइट हाउसले कांग्रेससँग आग्रह गरेको केही समयपछि नै कोमीले ट्रम्पको आरोप खारेज गर्नुभएको हो ।

यस्तै अमेरिकी गुप्तरचर विभागका पूर्व प्रमुख जेम्स क्लापरले ओबामाको पालोमा कसैको पनि टेलिफोन ट्याप नगरिएको बताउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया