Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू स्वयमले मात्र नभई सबैको साथ र सहयोगबाट नै लोडसेडिङ अन्त्यमा सहयोग पुगेको बताउनुभएको छ । 

बीबीसी नेपाली सेवाको कार्यक्रम नेपाल सन्दर्भमा कुरा गर्दै घिसिङले सबैको सहयोग बिना एक जनाले मात्र कुनै पनि काम सम्भव नहुने बताउँदै आफूलाई प्रधानमन्त्री, मन्त्री, सचिव सहित सर्वसाधरणहरुले पनि सहयोग गरेकाले लोडसेडिङ अन्त्यका लागि सहयोग पुगेको बताउनुभयो । ‘मैले गर्ने भनेको प्राबिधिक र ब्यबस्थापकिय रुपमा गर्नुपर्ने नेतृत्व गरेको छु, हाम्रो मुख्य ठाउँमा बस्नु भएका कर्मचारीहरु अहोरात्र खट्नुभएको छ, अझै पनि हामीलाई चुनौती त छदैंछ हामी निरन्तर रुपमा लागि पर्नुपर्छ, घिसिङले भन्नुभयो ।’

प्राधिकरणको सिस्टम थाहा भएपनि आफू प्राधिकरणमा करिब ३ बर्ष रहँदा सुझाव दिने त परै जाओस कुर्चीमा समेत बस्न नपाएर हाजिर मात्र गरेर हिडेको स्मरण पनि गराउनुभयो । लिडरसिपले नचाहे काम हुन नसक्ने भन्दै घिसिङले आफूले काम गर्नको लागि कार्यकारी निर्देशक नै कुरेर बसेको खुलासा पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया