Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

पोखरा – आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७३/७४ को तीन महिनामा एक अर्ब ५४ करोड ६८ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउन, भदौ र असोज महिनामा एक अर्ब सात करोड ४९ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष राखेको थियो ।

राजस्व सङ्कलन १ सय ४३ प्रतिशतसम्म भएको छ । जस अन्तर्गत आयकरमा ३६ करोड २५ लाख ८२ हजार, मूल्य अभिवृद्धि करमा  २८ करोड ८२ लाख ७४ हजार, अन्त शुल्कमा ७९ करोड ८४ लाख ६५ हजार, घर भाडामा तीन करोड १५ लाख २७ हजार र स्वास्थ्यमा एक करोड ९६ लाख ९२ हजार रुपैयाँ र बाँकी अन्य शीर्षकमा राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी विजय लामिछानेले जानकारी दिनुभयो ।

कार्यालयले आयकरमा १ सय ५३, घर भाडामा १ सय २८, मूल्य अभिवृद्धिकरमा १ सय १९, अन्तशुल्कमा १ सय ६४ र स्वास्थ्य सेवामा १ सय ६४ प्रतिशत कर सङ्कलन गरेको छ ।

तपाईको प्रतिक्रिया