Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

is

नयाँ दिल्ली – भारतमा अन्तर्राष्ट्रिय आतंकवादी संजाल इस्लामिक स्टेट (आइएस)ले आक्रमण गर्ने खतरा बढेको अमेरिकाले जनाएको छ ।
अमेरिकाले भारतमा आइएसको खतरा बढेको तथ्य पहिलोपटक औपचारिक रुपमा घोषणा गरेको हो । दिल्लीस्थित अमेरिकी दूतावासले भारतमा रहेका अमेरिकी नागरिकका लागि सतर्कता जारी गर्दै भारतमा आइएसको हमला हुन सक्नेतर्फ सचेत गराएको हो ।
‘अमेरिकी नागरिकका लागि सुरक्षा सन्देश’ शीर्षकमा जारी सूचनामा दिल्लीस्थित अमेरिकी दुतावासले आफ्ना नागरिकलाई भीडभाड हुने क्षेत्र, विभिन्न धार्मिक, सांस्कृतिक समारोह लगायतका सार्वजनिक स्थलमा आफ्नो सुरक्षाका लागि गम्भीर एवं चनाखो रहन सचेत तुल्याएको हो ।

तपाईको प्रतिक्रिया