Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

मोरङ – नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थानीय निकायको पुनःसंरचनापछि मात्र निर्वाचन सम्भव रहेको बताउनुभएको छ ।

नयाँ शक्ति मोरङ क्षेत्र नं ९ ले आज बिहान उर्लाबारीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय निकायको पुनःसंरचना गरेर आगामी डेढ वर्ष्भित्रमा स्थानीय, प्रदेश र संसद्को निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

आदिवासी जनजाति र मधेसी दलको माग पूरा नभई निर्वाचन हुन नसक्ने बताउँदै उहाँले संविधान संशोधन गरेर भए पनि उनीहरुको माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
डा भट्टराईले सरकार फेरबदल हुँदैमा मुलुकका यावत् समस्या सुल्झन नसक्ने विचार व्यक्त गर्नुभएको छ ।

नयाँ शक्तिले आज बिहान झापाको दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा भट्टराईले छिनछिनमा सरकार फेरिने राजनीतिक संस्कार नहटाएसम्म मुलुकमा राजनीति सङ्क्रमण कायम नै रहने बताउनुभयो ।

तपाईको प्रतिक्रिया