Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

भक्तपुर – सूचना तथा सञ्चारमन्त्री शेरधन राईले वर्तमान सरकार राष्ट्रिय सहमतिको बाधक नभएको बताउनुभएको छ ।  जिविस भक्तपुरको सहयोगमा नेपाल पत्रकार महासङ्घ भक्तपुरले यहाँ आज आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “हामी राष्ट्रिय सहमतिको पक्षमा छौँ, प्रधानमन्त्रीले सुरुदेखि नै राष्ट्रिय सहमतिको आह्वान गर्दै आउनुभएको हो, राष्ट्रिय सहमतिको ढोका अहिले पनि खुला छ ।”

नेपाल सरकारका प्रवक्ता राईले राष्ट्रिय आवश्यकता र संविधान कार्यान्वयनका जगमा सहमति जुट्न सक्छ भने सरकार सहमतिका लागि तयार छ भन्नुभयो ।

विगतको भद्र सहमति, १६ बुँदे सहमति, संविधानले निर्देश गरेको मार्ग र जनताको आकाङ्क्षालाई फर्केर हेरेर आत्मालोचना गर्दै सहमतिमा आउन नेपाली काँग्रेसलाई उहाँले आग्रह गर्नुभयो ।

सहमतिका नाममा संविधान कार्यावन्यनको कार्य्दिशालाई अलमल गर्न नहुने धारणा राख्दै उहाँले संविधान कार्यान्वयन गर्न नचाहने र निर्वाचन गराउन नचाहनेसँग सरकारले सल्लाह र सहमति गरेर नहिँड्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया