Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

गोरखा – जङ्गली च्याउ खाँदा उत्तरी गोरखाको काशीगाउँमा दुई जनाको मृत्यु भएको छ भने अर्की एक बालिका बिरामी परेकी छिन् ।

काशीगाउँ–८ की ६५ वर्षीया फूलमाया गुरुङ र उनकी नातिनी ११ वर्षीया रविना गुरुङको शुक्रवार मृत्यु भएको हो भने ६ वर्षीया तिर्सना गुरुङ बिरामी छिन् । उनको काशीगाउँस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । रविना र तिर्सना फूलमायाकी छोरीकीे छोरी (नातिनी) हुन् ।

‘गाई गोठमा बस्दै आएका उनीहरूले विषालु च्याउ खाएका रहेछन्’काशीगाउँ गाविसका सहायक चन्द्रबहादुर गुरुङले भन्नुभयो, ‘च्याउको झोल मात्रै पिएकी तिर्सना बिरामी छिन् ।’ च्याउ खाएलगत्तै तिर्सनाले बान्ता गरेकीले उनी बाँच्न सफल भएकी गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया