Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

भक्तपुर – आपूर्ति मन्त्री गणेशमान पुनले सरकारले कुनै चलचित्रको हिरो जस्तो देखावटी अनुगमन नगरेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विभिन्न क्षेत्रबाट कालोबजारीको संरक्षण गरेको र त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेकाले कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई गुणस्तरीय र वास्तबिक मूल्यमा बस्तु उपलब्ध गराउन अनुगमन थालिएको बताउनुभयो ।

मन्त्री पुनले आफ्नो कार्याकालबाट सुरू गरिएको बजार अनुगमनलाई यो आर्थिक बर्षबाट सरकालेनै निरन्तरता दिएर गुणस्तरीय बस्तुको उपलब्धतामा जोड दिने जिकिर गर्नुभयो ।

उहाँले बल्खुमा अनुगमन टोलीमाथि भएको ब्यवहार नेपाली उपभोक्ताका लागि अपाच्य रहको भन्दै अनुगन अघि सूचना चुहावट गर्ने कर्मचारीलाई कारबाही गर्ने बताउनुभयो ।

सरकार परिवर्तनका सवालमा उनले राजनीतिमा कति बेला के हुन्छ भन्न नसकिने भन्दै मधेश लगायतका अन्य वास्तविक मागहरु पुरा गर्न संबिधान संशोधन गर्दै समस्या सुल्झाउन सहमतिको सरकारको आवश्यकता रहेको मन्त्री पुनले उल्लख गर्नुभयो ।

तपाईको प्रतिक्रिया