Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको भोली संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ । समितिको बिहीबार बसेको बैठकले प्रस्तावित आयुक्तको सुनुवाइ भोली प्रधानन्यायाधीशको सुनुवाइ आइतबार गर्ने भएको हो ।

कार्यवाहक प्रमुख आयुक्तसमेत रहनुभएका यादवविरुद्ध २ वटा उजुरी परेको छ । उजुरीमा पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुंग्यो नलागेसम्म सुनुवाइ गर्न नहुने भनिएको छ ।

त्यस्तै, कार्यवाहक प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध उजुरीकर्तालाई आफ्नो दाबी पुष्टि गर्न बोलाउने र आइतबार नै अर्को बैठक बसेर सुनुवाई प्रक्रियाअघि बढाउने निर्णय भएको समितिका सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो ।

कार्की विरुद्ध नाता कायम गराउन माग गर्दै दायर मुद्दामा डिएनए परीक्षणलाई मान्यता नदिएको, राष्ट्रिय मानवअधिकार आयोगका नाममा अन्तरिम आदेश जारी नगर्दा एक कर्मचारीे सेवाबाट निष्कासन हुनुपरेको, न्यायपालिकामा राजनीतिकरण गरेको, कानुन विपरीत आफ्ना नातेदारको मुद्दा किनारा लगाएको, फैसलामा फरक–फरक मापदण्ड अपनाएको, मुद्दाको अध्ययन नै नगरी फैसला गरेको जस्ता १० वटा उजुरी परेको छ ।

तपाईको प्रतिक्रिया