Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

म्याग्दी – हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको दाना–३ तितरमा भिरबाट ढुङ्गा खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।bani jumsong

शुक्रवार दिउँसो खसेको ठूलाठूला दुई वटा ढुङ्गा डोजर प्रयोग गर्दा समेत हटाउन नसकिएको दाना प्रहरी चौकीले जनाएको छ । यसैगरी बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रे भिरमा पनि पहिरो खसेको छ ।

पहिरो र ढुङ्गाले सडक अवरुद्ध भएपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै स्थानीय बासिन्दा, पर्यटक र तीर्थयात्री समस्यामा परेका छन् ।

आज बिहानैदेखि प्रहरी, स्थानीयवासी, यातायात व्यवसायी र डोजर परिचालन गरेर सडक खुलाउने प्रयास गरिए पनि निरन्तर वर्षा भइरहेकाले समस्या भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया