Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

फ्रान्स –युरोकप फुटबलमा आजपनि प्रिक्वाटरफाइनलका तीन खेल हुने भएका छन् । साँझ पौने ७ बजे हुने पहिलो खेलमा आयोजक फ्रान्स र रिपब्लिक आयरल्याण्ड भिड्ने छन् । फ्रान्स समुह ए को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो भने रिपब्लिक आयरल्याण्ड समुहइको उत्कृष्ट तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो ।

उपाधि आफ्नै देशमा राख्ने दाउमा रहको फ्रान्स जितलाई निरन्तरता दिन चाहन्छ । पछिल्ला पाँच भिडन्तमा रिपब्लिक आयरल्याडले फ्रान्सलाई हराउन सकेको छैन । घरेलु मैदानमा भएका पछिल्ला १५ खेलमा फ्रान्स पराजित भएको छैन । रिपब्लिक आयरल्यण्ड भने पहिलो पटक प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

11111-2

यसैबीच आजै रातीपौने १० बजे हुने अर्को खेलमा उपाधिको दावेदार मध्येको एक जर्मनीले स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ ।जर्मनी समुह सीको विजेता हो भने स्लोभाकिया समुहबीको तेस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

यीदुई टिमबीच अहिलेसम्म भएका १० भिडन्तमा जर्मनीले ७ र स्लोभाकियाले ३ पटक जित हात पारेका छन् । पछिल्ला १६ खेलमा जर्मनी १३ पटक विजयी भएको छ । स्लोभाकिया दोस्रो पटक यो प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

22222-3

यसैबीच आजै रातीपौने १ बजे हुने अर्को खेलमा हंगेरीले बेल्जीयमसँगको खेल पक्का गरेको छ । हंगेरी समुह एफको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो भने बेल्जीयम समुह इको उपविजेता हो ।
यी दुई टिमबीच अहिलेसम्म भएको १२ भिडन्तमा बेल्जीयमले ८ मा जित निकालेको थियो भने हंगेरी २ खेलमा विजयी भएको थियो । हंगेरी सन् १९६६ पछि पहिलो पटक युरोकपको नकआउट चरणमा पुगेको हो ।

333
यस्तै बेल्जीयमले पनि सन् १९८० पछि पहिलो पटक युरोकपको प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो ।

तपाईको प्रतिक्रिया