मलेसिया – मलेसियाको सुरक्षा अधिकारीले यहाँको सवाह राज्यमा समुद्रमा अलपत्र अवस्थामा रहेका २२ जना पर्यटकलाई सकुशल उद्धार गरेका छन् ।
बाइस जना पर्यटक लिएर समुद्रमा यात्रा गरिरहेको डुङ्गा (क्याटामरन) खराब मौसमका कारण टुट्न पुगेपछि सामुद्रिक पानीमा अलपत्र परेका उनीहरुको उद्धार गरिएको हो ।
सबैजना खतरामुक्त भए पनि उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
कोटा किनावालुस्थित सुरक्षा अधिकारीले यात्रारत १२ जना चिनियाँ पर्यटक रहेको बताएका छन् ।








