काठमाडौं – मुक्तक विधाको विकास र विस्तार गर्ने उद्देश्यले २०३ औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा र विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको संयुक्त आयोजनामा बिश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिता हुने भएको छ ।
सो प्रतियोगिताका लागि तीन ओटा मुक्तक आव्हान गरिएको छ । गाली गलौज र अरूलाई आक्षेप लाग्ने खालको नभई मुक्तक देश प्रेम, संस्कृति संस्कार, समाज राजनीति, विकृति बिसंगति, प्रकृति, प्रणय प्रेम जुनसुकै विषयमा भए पनि मौलिक हुनुपर्ने बताईएको छ । मुक्तक युनिकोड वा प्रीति फन्टमा टाइप गरी इमेल गरी पठाउन भनिएको छ ।
मुक्तक जुन १६ देखि २६ सम्म पठाउन आव्हान गरिएको छ । प्रतियोगितामा प्रथम पुरस्कार रू ८ हजार, द्वितीय पुरस्कार रू ५ हजार, तृतीय पुरस्कार रू ३ हजार, सान्त्वना पुरस्कार रू १ हजार सहित प्रमाणपत्रको ब्यवस्था गरिएको आयोजक स्रोतले जनाएको छ । मुक्तक पठाउनका लागि इमेल : [email protected] / [email protected]








