लन्डन – बेलायतको पश्चिममा पर्ने योर्कसिरेको बिर्सटल इलाकामा बिहीबार अपराह्नमा लेबर पार्टीका सांसद जो कोसलाई एक बन्दुकधारीले गोली प्रहार गरेको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
बिर्सटलमा गरिएको यस गोली प्रहारबाट कोस घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । यस आक्रमणको क्रममा एक ४० बर्षीया महिला पनि घाइते भएको जनाइएको छ ।
हाल कोसको सर्जरी भइरहेको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ । यसैबीच प्राप्त एक अर्को समाचारअनुसार कोसलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।
स्थानीय प्रहरीले सो जानकारी दिएको छ । ती व्यक्तिको परिचय भने खुलासा भएको छैन् ।








