Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

भारत – उत्तरपूर्वी भारतको मेघालय प्रान्तमा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ ।मेघालयको पूर्वी जयन्तिया जिल्लाको सोनापुरमा मंगलबार राती यो दुर्घटना भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

३५ यात्री बोकेको बस गहिरो खोँचमा झर्दा ३० जनाको मृत्यु भएको हो । बाँकी पाँच जनाको अवस्था गम्भिर रहेको मेघालय प्रहरीले जानकारी दिएको छ । २६ यात्रीको घटनास्थलमा नै मृत्यु भएको हो भने उपचारका क्रममा थप चार जनाको मृत्यु भएको हो।

मेघालयबाट आसामको गुवाहाटी गइरहेको बस सडकबाट चिप्लिएर करिब पाँचसय फिट खोँचमा खसेको थियो। खोँच निकै गहिरो भएको हुँदा उद्धारमा कठीनाइ भएको प्रहरीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया