Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

जर्मनी – जर्मनीमा बस्ने नेपालीहरूले एक आपसमा मिलेर मनोरन्जन गर्न राष्ट्रव्यापी फुटबल प्रतियोगिताको आयोजना गरेका छन् । फ्रयाड् फोर्टमा खेल जुन २५ तारिख शनिवार हुनेछ । प्रतियोगितको आयोजना गर्न एनआरएन जर्मनी कप २०१६ को घोषणा गर्दै विभिन्न पुरस्कारहरु समेत राखेको छ ।

एनआरएनए जर्मनीले आफ्नो क्षेत्रीय कमिटी एलसीसी हेसेन सँग मिलेर दुवैको संयुक्त आयोजनामा उक्त प्रतियोगिता आयोजना गर्ने लागेको हो । प्रतियोगितामा अहिले सम्म जर्मनीका विभिन्न भागहरुवाट गरी दशबटा टिमहरु दर्ता भएका छन् ।

टीम तयार पार्ने काममा एनआरएनए जर्मनीका बर्लिन ह्याम्वर्ग, ब्रेमेन निदरज्याक्सन, एनआरडव्ल्यु म्युनिखका एलसिसीहरुले सहयोग गरिरहेका छन् । एनआरएनएका केन्द्रीय र स्थानीय पदाधिकारीहरू सम्मिलित एउटा छुट्टै टिम पनि तयार पारिएको छ । एम्पायरको भूमिकामा जर्मनीको राष्ट्रिय खेलहरुमा सञ्चालन गरिसकेकाहरु लाई नियुक्त गरिएको छ । खेलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी र दर्शकहरु गरी ५०० भन्दा बढी नेपाली र जर्मनहरुको जनाको सहभागिता रहने छ । स्थानीय तहमा एनआरएनएका स्पोर्ट कोर्डीनेटर कुम्भ राज रेग्मी र एलसीसी हेसेनका कोर्डीनेटर लोक मणी ढकालका साथै अन्य एलसीसी सदस्यहरूले संयोजन गरिरहेका छन्।

पुरस्कार र मेडेलहरु तयार पार्नको लागि लाग्ने खर्चको लागि जर्मनीमा विभिन्न ब्यबसायीहरु र एनआरएनएका पदाधिकारीहरुले स्पोन्सर गरेका छन् । स्पोन्सरहरुको नाम खेल प्रतियोगिताको दिन प्रकाशित गरिने र स्पोन्सर्सिप बाट उठेको बाँकी रकम एनआरएनएले च्यारिटीमा खर्च गर्ने छ ।

एनआरएनए को नेतृत्वमा अहिले सम्म यस्तो ठुलो खेल प्रतियोगिताको आयोजना पहिलो चोटि गरिदै भएकोले पनि नेपालीहरूको उत्साहजनक सहभागिता हुने आयोजकले अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया