Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

अमेरिका – आठ पटकको कोपा अमेरिका च्याम्पियन ब्राजिल यस पटक एउटा विवादास्पद गोलले समूह चरणबाटै बाहिरिएको छ ।
पेरूका राउल रुइडियाजले गरेको विवादास्पद गोललाई रेफ्रीले मान्यता दिएपछि ब्राजिल समूहचरणबाटै बाहिरिन बाध्य भएको हो । खेलको ७५ औं मिनेटमा पेरूका रूइडियाजले हातले गरेको गोललाई रेफ्रीले मान्यता दिएपछि पेरुसँग १–० ले पराजित हुँदै समूह चरणबाट बाहिरिएको हो ।
यस गोललाई पहिले रेफ्रिले मान्यता दिएका थिएनन् तर पेरुले मान्यता दिन भन्दै विवाद गरेपछि थर्ड रेफ्रीको सहायतामा उक्त गोललाई मान्यता दिएको थियो।
समूह चरणमा एक जित र एक बराबरी नतिजा निकालेको ब्राजिल समूह चरणको अन्तिम खेलमा पेरूसँग पराजित भएसँगै उसको क्वाटरफाइनल यात्रा समाप्त भएको हो।
क्वाटरफाइनलमा प्रवेश गर्न पेरूविरुद्ध जित वा बराबरी आवश्यक थियो। तर, अन्तिम खेलमा ब्राजिल पेरुसँग १ शुन्यले पराजित हुन पुग्यो।

हेर्नुहोस् विवादास्पद भिडियो

https://youtu.be/0zzL-Qp80Kg

https://youtu.be/dJJ7eHKdsoo

तपाईको प्रतिक्रिया