Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

मलेसिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा विश्वविक्रम राई सर्वसम्मत चयन हुनु भएको छ ।
११ जुनमा कार्यवाहक अध्यक्ष शंकरबहादुर पौडेलको अध्यक्षतामा बसेको बैठकले राईलाई सर्वसम्मत चयन गरेको हो । ठगीको आरोप लागेपछि अध्यक्ष महेन्द्रजंग शाहलाई दुई महिना अघि पदबाट निष्काशन गरिएकोले रिक्त रहेको अध्यक्ष पदमा राईलाई नियुक्त गरिएको एनआरएनए मलेसियाका महासचिव सुन्दर आलेद्वारा हस्ताक्षेरित प्रेस विज्ञप्तिमा जनाइएको छ । सर्वसम्मत अध्यक्ष चयन हुनु भएका राई संघ स्थापना कालेदेखि नै संघका हरेक कृयाकलापमा सक्रिय रहँदै आउनु भएको थियो ।
यस अघि दुई महिनाको समय एनआरएन मलेसियाका प्रमुख संरक्षक शंकरबहादुर पौडेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको थियो । विश्वविक्रम राई एनआरएनए मलेसियाका वर्तमान संरक्षक हुनुहुन्थ्यो भने महासचिवदेखि उपाध्यक्षसम्म भई जिम्मेवारी सम्हालिसक्नु भएको थियो ।

तपाईको प्रतिक्रिया