Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

अमेरिका – अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन राष्ट्रपति उम्मेदवार बन्ने पक्का भएको छ । प्रमुख दलका तर्फबाट राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्ने पहिलो महिला भएर हिलारी क्लिन्टनले अब इतिहास रच्ने अवसर प्राप्त गर्नुहुनेछ ।

मङ्गलवार सम्पन्न डेमोक्रेटिक पार्टीको आन्तरिक चुनावमा क्लिन्टनले ६ राज्य मध्ये ३ राज्यमा प्रतिद्वन्द्वी बर्नी स्यान्डर्सलाई पराजित गर्नुभयो भने सबैभन्दा बढी प्रतिनिधि भएको क्यालिफोर्निया राज्यमा अहिलेसम्मको गणनामा ठुलो अग्रता हासिल गर्नुभएको छ ।

पार्टीका तर्फबाट औपचारिक रूपले उम्मेदवार घोषणा हुन केही प्राविधिक जटिलता रहेकाले त्यसका निम्ति उहाँले केही समय अझै कुर्नु पर्ने छ । उम्मेदवार बन्ने निश्चित भएसँगै उहाँले रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार छानिएका डोनाल्ड ट्रम्पविरुद्ध आक्रमण सुरु गर्नुभएको छ ।

आज उहाँले ट्रम्प अमेरिकी राष्ट्रपति बन्न अयोग्य भएको घोषणा गर्दै राष्ट्रपतीय चुनावमा आफूलाई समर्थन गर्न अमेरिकी नागरिकलाई आग्रह गर्नुभयो ।
उहाँका निम्ति प्रतिद्वन्द्वी बर्नी स्याण्डर्सले अझै केही समस्या खडा गर्नुभएको छ स्याण्डर्सले अझै उहाँको जितलाई स्वीकार गर्नुभएको छैन् । – एजेन्सी

तपाईको प्रतिक्रिया