अस्ट्रेलिया – अस्ट्रेलियामा आएको विनाशकारी आँधीका कारण जनजीवन अत्यन्त कष्टकर बनेको छ । आँधीका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।
उनीहरू तीनै जनाको शव छुटाछुटै ठाउँमा आज बिहान फेला परेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

भारी वर्षा र तीव्र गतिको आँधीका कारण न्यु साउथ वेल्स, भिक्टोरिया र तास्मानिया क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । यस्तै सिड्नीमा आएको सामुद्रीक तुफानका कारण त्यहाँ वरपरका घरहरू जोखिममा परेका छन् ।

आँधीका कारण न्यु साउथ वेल्सका ८६ हजार मानिसहरू विद्युत सेवाबाट वञ्चित भएका छन् । यस्तै राजधानी क्यानभेरामा पनि बाढीका जनजीवन प्रभावित बनेको छ ।

त्यहाँको मौसम विभागले बाढी सबै राज्यमा आउने चेतावनी दिएको छ भने मानिसहरूलाई सुरक्षित रहन आव्हान गरिएको छ ।











