Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – श्रीलंकाली सेनाको एक क्याम्प रहेको विस्फोटक पदार्थको भण्डारमा भीषण आगलागी भएको छ । विस्फोटक पदार्थको गोदाममा भएको आगलागीका कारण धेरै विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राजधानी कोलम्बोनजिक सलावामा रहेको क्याम्पमा आगलागी भएको हो । विस्फोटपछि क्याम्प नजिकका बासिन्दालाई सुरक्षित स्थानतर्फ लगिएको छ । विस्फोटका कारण कम्तीमा एक सैनिकको मृत्यु भएको छ भने अन्य दुई सैनिक घाइते भएको बताइएको छ । प्रहरीले भने तीन जना घाइते भएको र उनीहरूको उपचार भइरहेको जनाएको छ ।

विस्फोटक पदार्थ राखिएका दुई वटा गोदामसम्म आगो फैलिएकाले नियन्त्रणमा लिन समस्या भएको जनाईएको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया