काठमाडौँ – करीब सात सय आप्रवासी बोकेको डुंगा भूमध्यसागरमा डूबेको छ । डुंगामा रहेका मध्ये ३४० जनालाई बचाइए पनि अरू सबै वेपत्ता रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
समुन्द्रबाट नौं वटा शव पनि निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । करिब सात सय मानिस चढेको अनुमान गरिएको उक्त डुंगा ग्रीसको क्रेट द्वीपको दक्षिण ७५ माइल टाढा फेला परेको हो । हवाइजहाज, पानी जहाज र हेलिकेप्टरको सहायतामा खोजी र उद्धारको काम भइरहेको छ । यी आप्रवासी अफ्रिकाबाट आएका हुनसक्ने अनुमान गरिएको छ ।
सन् २०१६ मा मात्र यूरोप छिर्ने प्रयास गर्दा २५ सयभन्दा बढी आप्रवासीले ज्यान गुमाउनु परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । – एजेन्सी








