भारत – भारतको उत्तर प्रदेशको मथुरामा भएको झडपमा दुई प्रहरी सहित कम्तीमा २४ जना मृत्यु भएको छ ।
झडपमा करिव ४० जना घाइते भएको भारतीय अधिकारीहरुले जनाएका छन् । सरकारी जग्गा ओगटेर बसेका धार्मिक अधिकारकर्मीहरुलाई त्यहाँबाट हटाउने प्रयास हुँदा सो झडप भएको प्रहरीका प्रवक्ता दलजीत चौधरीले जानकारी दिएका छन् ।
आक्रोषित भिडले प्रहरीलाई ढुंगा हान्न थालेपछि प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गर्दै गोली चलाइएको थियो ।
सोही भिडमा ग्यास सिलिन्डर पनि विस्फोट भएको उल्लेख गरिएको छ । कम्तीमा ३ हजार प्रदर्शनकारीहरु पार्कमा जम्मा भएका छन्। प्रहरीले १ सय ९६ जनालाई हिरासदमा लिएको छ । – एजेन्सी
तपाईको प्रतिक्रिया








