सिरिया – पश्चिमा शक्ति राष्ट्रहरुले द्धन्द्धग्रस्त सिरियामा मानवीय सहायताका सामग्री तत्काल पठाउन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । सिरीयन सरकार अन्तर्रा्ष्ट्रिय दाताबाट प्राप्त सामग्रीको व्यवस्थित वितरण गर्न असक्षम रहेको भन्दै बेलायत, फ्रान्स र अमेरिकाले हवाई मार्गबाट भएपनि दराया, मौधामिया लगायतका सहरमा सहायता सामग्री पुरÞ्याउन राष्ट्रसंघलाई आग्रह गरेका हुन् ।
गत महिना सिरियामा कार्यरत इन्टरनेशनल सिरिया सर्पोट गु्रपले जुन महिनाको १ तारिखसम्म सो क्षेत्रमा खाद्यान्न लगायतका सहायता सामग्री नपुरÞ्याए गम्भिर मानवीय संकट निम्तने बताएको थियो ।
बिद्रोही समुहको नियन्त्रणमा रहेको दरायामा हिजोसम्म पनि ज्यादै थोरै मात्रामा सहायता सामग्री वितरण गरिएको र त्यसमा खाद्यान्न समेत नभएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ती स्थानमा हवाई मार्गबाट सामान पठाउने बारे छलफल गर्न राष्ट्रसंघको सुरक्षा परिषदको बैठक शुक्रबार बस्दैछ ।
गत अप्रिलमा राष्ट्रसंघले निकालेको तथ्यांक अनुसार चारबर्षयता सरकारी फौजको नियन्त्रणमा रहेको दरायामा ४ हजार मानिस घेराबन्दीमा परेका छन् । खाद्यान्नको अभावका कारण सो क्षेत्रमा भोकमरीको फैलिएको छ ।
द्धन्द्धग्रस्त सिरियाका करिब ४६ लाख मानिसले कष्टकर जिवन विताइरहेको राष्ट्रसंघले जनाएको छ । ती मध्ये विभिन्न समुहद्धारा नियन्त्रित क्षेत्रमा बसोबास गर्ने ६ लाखको अवस्था नाजुक रहेको छ ।
तपाईको प्रतिक्रिया








