केन्ट – बेलायतको अल्डरसटमा तमु धिको आयोजनामा सम्पन्न भएको १४ औँ गोरखाकप फुटबल प्रतियोगितामा भेटरेन तर्फबाट फुटबल क्लब केन्टले शिल्ड हात पार्यो ।
मे २९ को दिन भेटरेन तर्फबाट १० टिमहरुले भाग लिएको उक्त खेलमा सबै टिमलाई पराजित गरी फईनलमा ईलाम फुटबल क्लबलाई जितेर फुटबल क्लब केन्टले गतवर्ष झै यो बर्ष पनि शिल्ड हातपारेको हो । यस्का साथै बेष्ट प्लेयर र बेष्ट स्कोरर को पुरस्कार पनि यसै क्लबका खेलाडी दिपेन्द्र फियाकले पाएको हो ।
सन् २०१५ मा स्थापना भएको यस क्लबको मुख्य उद्देश्य युवा पुस्तालाई फुटबलमा प्रोत्साहन गराउनु हो । यस क्लबको स्थापना भएयता छोटो समयमै गोरखाकप, यलम्बरहाङ्कप, भिसि कप, बुडासुब्बा कप र सगरमाथाकप हातपारी सकेको रहेको टिम कोच लोक लिम्बूले बताउनु भयो । बेलायतमा नेपालीहरुको धेरै क्लबहरु भएपनि यस क्लबको सफलताले धेरैलाई उत्साहित बनाएको छ । यसै सिलसिलामा टिम म्यनेजरबुद्घि सुनुवारले क्लबमा एड्मिनिस्ट्रेसन र खेलाडीहरुको राम्रो लगाबको कारण सफलता हासिल भएको बताउनु भयो ।
पुरस्कार वितरण पश्चात सदस्यहरुलाई क्रमशः सचिव छबिन्द्र चोङरबाङ, टिम कोच लोक गुरुङ, टिम क्याप्टेन पदम योङ्याङले धन्यवाद दिदै अब आउने खेलहरुमा पनि यसरी नै खेल्दै जाने प्रतिबद्घता जनाउनु भयो ।
तपाईको प्रतिक्रिया








