Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

अम्मान – अरब क्षेत्रका विज्ञ तथा अधिकारीहरुले इराकको पुनर्निर्माणका लागि सबै अरब राष्ट्रले सघाउने जनाएका छन् ।

उनीहरुले इराकको निर्माणका लागि सघाउनु सबै अरेबियाली देशको कर्तव्य हो भनेका छन् । अम्मानको सरकारी समाचार समिति पेट्राले सो जानकारी दिएको हो ।

अम्मानमा शनिबार आयोजित एक कार्यक्रममा सहभागी विभिन्न अरेबियाली देशका अधिकारी र विज्ञले सो आग्रह गरेका हुन् । पान अरब कन्फरेन्समा बोल्दै ती अधिकारीहरुले इराकका लागि सहयोगको याचना गरेका हुन् । उनीहरुले इराकमा विगत लामो समयदेखि हिंसा जारी छ र जसका कारण त्यहाँको अवस्था प्रतिदिन जर्जर हुदै गएको छ भन्दै त्यसको पुनर्निर्माणका लागि पनि अरु अरबी देशको सहयोग आवश्यक रहेको जनाइएका छन् ।

इराकमा भत्किएका संरचनाको निर्माण र त्यहाँका अरु सम्भावनासमेतको खोजीमा अरब विश्वको चासो हुनुपर्नेमा उनीहरुको जोड थियो । इराकसँग पनि कैयौं सम्भावनाहरु रहेका तर तिनको प्रयोग हुन नसकेको भन्दै इराकसँग अरब विश्वका देशले साझा रुपमा सहकार्य गर्नुपर्ने बताए ।

इराकमा कम्तीमा पनि २१ अरब अमेरिकी डलर बराबरको सहयोगको आवश्यकता रहेको र सो मूल्य बराबरको संरचनाको निर्माण प्रक्रिया पनि सुरु भएकोले यस्तो अवस्थामा पनि सबै अरेबियाली देशको सहयोग आवश्यक रहेको उनीहरुले बताए । इराकमा पछिल्लो समयमा सुन्नी र सिया मुस्लिम समुदायकै झगडाले हिंसा र प्रतिहिंसा फैलिइरहेको छ ।

यसका साथै गएको वर्षयतादेखि त्यहाँ आइएसको पनि हिंसा सुरु भएको छ । जसका कारण त्यहाँका शान्ति निकै टाढाको विषय बन्न पुगेको जस्तो देखिएको छ ।

तपाईको प्रतिक्रिया