Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

दिल्ली – इन्डियन प्रिमियर लिग आइपिएलको उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुने भएको छ ।

गयराति दिल्लीमा भएको दोस्रो क्वालिफाएरमा गुजरात लाइन्सलाई चार विकेटले हराएर हैदरावादले फाइनलमा स्थान बनाएको छ । गुजरातले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य हैदरावादले १९ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले सात विकेटको क्षतिमा एक सय ६२ रन बनायो । हारसँगै गुजरातले फाइनलमा पुग्ने दोस्रो मौका पनि गुमाएको छ ।

पहिलो क्वालिफाएरमा गुजरातलाई हराएको बैंग्लोर र दोस्रो क्वालिफाएरको विजेता हैदरावादबीच उपाधिका लागि भोलि प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया