लिबिया – लिबियाको तटीय क्षेत्रमा आप्रबासी बोकेको डुङ्गा डुब्दा ३० जनाको मृत्यु भएको आशंका गरिएको छ ।
अन्य ७७ जनाको भने युरोपियन युनियन इयूको नौसेनाले जिवितै उद्धार गरेको बीबीसीले जनाएको छ । उद्धारमा संलग्न अधिकारीहरुले २० देखि ३० जना आप्रबासीको मृत्यु भएको अनुमान गरेका छन् ।
दुई दिनअिघ मात्र इटालीको नौसेनाले भूमध्य सागरबाट ५ सय ६२ आप्रबासीको उद्धार गरेको थियो । यो साता भूमध्यसागर पार गर्दै युरोप छिर्न खोज्ने करिव ६ हजार आप्रबासीको उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।
तपाईको प्रतिक्रिया








