Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

लिस्बन – गैर-आबासीय नेपाली संघ पोर्चुगलको आयोजनामा भएको महजात्रा – २०१६ भव्यताका साथ सम्पन्न भएको छ ।
एनआरएन पोर्चुगलको प्रमुख आयोजना तथा नेपाली बाणिज्य दुताबास र जुन्ता फर्गेसिया दा आरोईसको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा करिब एक हजार दर्शकको उपस्थिति रहेको थियो । लिस्बनका लागि अबैतनिक बाणिज्य दूत मकर बहादुर हमाल, आयोजक संस्था एनआरएन पोर्चुगलका अध्यक्ष भिम केसी कमल र जुन्ता फर्गेसिया दा आरोईसका प्रतिनिधि डा.एरिनाले पानसमा दीप प्रजोलन गरि संयुक्त रुपमा उद्घाटन गरेको सो कार्यक्रम पोर्चुगलमा अहिलेसम्म कै उत्कृष्ट भएका आयोजकको दाबी छ ।
एनआरएन केन्द्रिय महिला विभागको बिशेष आमन्त्रणमा युरोप भ्रमणमा रहेका नेपालका राष्ट्रिय कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरि बंश आचार्य, नरेन्द्र कंसाकार, माण्डवी त्रिपाठी, यमन श्रेष्ठ र मोहित आचार्यको संयुक्त प्रस्तुति रहेको बिशेष मनोरन्जनात्मक कार्यक्रम महजात्राको आयोजना राजधानी लिस्बनमा एनआरएन पोर्चुगलले गरेको थियो ।

mahajatra
सामाजिक भावना लिएर आयोजना गरिएकोले उक्त कार्यक्रमबाट प्राप्त रकम एनआरएनए पोर्चुगलको परोपकारी कल्याणकारी कोष अन्तर्गत प्रयोग गरिने भएको छ । आयोजक संस्था एनआरएन पोर्चुगलले कार्यक्रमलाई निकै मेहनतका साथ मर्यादित तथा अनुशासित बनाएका थिए । जुन्ता फर्गेसिया दा आरोइस लिडिल आन्जुस नजिकको हलमा आयोजित उक्त कार्यक्रम गैर-आबासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भिम केसी कमलको अध्यक्षमा सम्पन्न भएको थियो । कार्यक्रममा लिस्बनका लागि अवैतनिक बाणिज्य दुत मकर बहादुर हमाल प्रमुख अतिथि, जुन्ता फर्गेसिया दा आरोइसका प्रतिनिधि डा. एरिना, एनआरएन आइसीसी महिला उप-संयोजक रजनी प्रधान बिशेष अतिथि र आइसिसि सदस्य रमेश कुमार गुरुङ लगायत विभिन्न संघ संस्था र समाजसेबी तथा ब्यबसाहीहरु अतिथिका रुपमा थिए ।
कार्यक्रममा दुवै मिर्गौला फेल भएका सुब्रत रिमालका निम्ति एनआरएन पोर्चुगलको रिमाल बचाउ अभियान अन्तर्गत १ हजार २ सय ९ यूरो र २० पाउण्ड सहयोक पनि संकलन भएको छ ।

mahajatra 1 mahajatra 6 mahajatra 3 mahajatra 2

तपाईको प्रतिक्रिया