बंगलादेश – तिब्र गतिमा चलेको हावाका कारण बंगलादेशमा २४ जनाको मृत्यु भएको छ भने ५ लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।
शनिबार दिउँसो रोनु नामको चक्रवादका कारण तीब्र गतिमा चलेको हावा र मुुसलधारे पानीले तटिय क्षेत्रमा बाढी आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
तिब्र हावा र मुसलधारे पानीले रुखहरु ढलाएको छ भने धेरै घरहरु बगाएको छ । कयौं बन्दरगाह बन्द गरिएका छन् । अहिले त्यो चक्रवात कमजोर भएपनि भारी वर्षा भैरहेको छ । अहिलेपनि उद्धारको काम चलिरहेको छ ।
तपाईको प्रतिक्रिया








