बेलायत – यहाँको नयाँ नगरप्रमुख (मेयर) मा पहिलो मुस्लिम उम्मेदवार सादिक खान विजयी हुनुभएको छ ।
बेलायतको राजधानी लन्डनमा उहाँ पहिलो पटक मुस्लिम समुदायको नागरिकको रुपमा यो पदमा विजयी हुनुभएको बताइएको छ ।
शनिबार बिहान सार्वजनिक भएको स्थानीय निर्वाचनको परिणाममा यो जानकारी दिइएको छ ।
उहाँ बेलायतको लेबर पार्टीका राजनीतिज्ञ हुनुहुन्थ्यो । सोही पार्टीका तर्फबाट उहाँले उक्त पदका लागि उम्मेदवारी दिनुभएको थियो ।
उहाँलाई हालैका समयमा युरोपेली क्षेत्रमा भड्किएको मुस्लिम विरोधी भावनासँग जोडेर प्रचार गरिएको थियो ।








