लिस्बन – नेपाली जनसम्पर्क समिति पोर्चुगलले नयाँ बर्ष २०७३को सन्दर्भ पारेर बनभोज कार्यक्रमसंगै नबौं साधारण सभा सम्पन्न गरेको छ्र । विश्व श्रमिक दिवसको दिन पारेर गरिएको नेपाली जन सम्पर्क समिति पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले बताउनुभयो ।


कार्यक्रममा समितिका पदाधिकारीसंगै अवैतनिक बाणिज्यदुत मकर बहादुर हमाल, एनआरएन आइसीसी सदस्य रमेश कुमार गुरुङ, एनआरएन पोर्चुगलका अध्यक्ष भिम केसी कमल, प्रबासी मंच पोर्चगलका गोबिन्द पौडेल, ब्यबसायी तथा समाजसेबी कुमार श्रेष्ठ, जनसम्पर्क समिति उपाध्यक्ष सुशील गैरे, निबर्तमान उपाध्यक्ष खेमराज रानाभाट, सल्लाहकार राज कुमार गौतम, सल्लाहकार मुक्ति नारायण श्रेष्ठ र सदस्य सुदाम अधिकारीलगाएतको सहभागीता रहेको थियो ।








