काठमाडौँ – मोना युकेले अल्डर्सत स्थित द किंग्स सेन्टरमा नयाँ बर्ष शुभकामना साँझ सम्पन्न गरेको छ । गत शनिबार भएको शुभकामना साँझमा झन्डै छसय जना उपस्थिति रहेको थियो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष मुक्षेत्र गुरुङ, नेपाल आदिबासी जाजाति महासंघका अध्यक्ष तुल छन्त्याल, रस्मुर बोरो काउन्सिलका काउन्सिलरहरु, इसले बोरो काउन्सिलका काउन्सिलरहरु लगायत बिभिन्न जिल्लावासी संघ संस्थाहरुका अध्यक्ष र प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा धौलागिरी नौमती बाजा, पुर्खेउली समुह, म्याग्दी जिल्लाका बिभिन्न गाबिसको प्रतिनिधित्व गर्दै गीत र नृत्य प्रस्तुत गरिएको थियो । नेपाली कलाकारहरु रामजी खांड र देविका केसीले प्रस्तुती दिनुभएको थियो ।








