Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026
इस्लामाबाद – पाकिस्तानको पूर्वीसहर फैसलाबादमा एक बस र ट्रक र एकआपसमा ठोक्किदा भएको दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम उर्दुले जानकारी दिएको छ ।

पञ्जाब प्रान्तको फैसलाबाद सहरको झाङ्ग सडकमा विपरीत दिशाबाट आएको एक ट्रकसँग ५० भन्दा बढी यात्रु सवार रहेको सो बस ठोक्किएर दुर्घटना भएको समा समाचार समितिले जानकारी दिएको छ ।

सो दुर्घटनाको कारण बस चालकले उच्चगतिमा सवार बस चलाउनु भएको र दुर्घटनामा सो चालकको पनि मृत्यु भएको समाचारमा बताइएको छ । सो बस फैसलाबादबाट सदिकाबाद जिल्लातर्फ गईरहेको बताइएको छ । उस घटनामा घाइते भएका सबैलाई उद्धारकर्ताले अस्पताल पु¥याएका छन् ।

तपाईको प्रतिक्रिया