मुख्य आकर्षण नेपाली नौमती बाजा
बेल्जियम – आगामी १७ अप्रिलमा बेल्जियमको लुभेन शहरमा एक दिने नेपाल महोत्सव हुने भएको छ । गैर आवासीय नेपाली संघ बेल्जियम मुख्य आयोजक रहेको महोत्सवको भब्य तयारी भइरहेको बताइएको छ ।
नेपाल महोत्सवका लागि वेल्जियम, नेपाल लगाएत अन्य मुलुकका कुटनैतिक, राजनैतिक, सरकार एवं संसदका प्रतिनिधीहरुलाई आमन्त्रण गरिएको आयोजकले जनाएका छन् । महोत्सवमा राजदुत राममणी पोखरेल, लुवेन नगरपालिकाका मेयर लुईस तोवाक, गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेष घले, वेल्जियम एवं नेपालका संसद सदस्यहरुपनि सहभागी हुने बताइएको छ ।
वेल्जियम वाहिरका मुलुकहरुवाट समेत गैर आवासीय नेपाली संघका अभियानकर्ताहरु आउने समेत आयोजकलाई जानकारी गराई सकेको अध्यक्ष गंगाधर गौतमले बताउनुभयो । महोत्सवमा बेलायतबाट आउने नेपाली नौमती बाजा मुख्य आकर्षक रहने जनाईएको छ ।
महोत्सवमा नेपाली कला सस्कृति, नेपाल पर्यटन सम्वन्धि जानकारी, नेपाली हस्तकला प्रदर्शनी, नेपाली उत्पादन, नेपाली खाना बिक्रि वितरण गरिने बताइएको छ । गैर आवासीय नेपाली संघ वेल्जियम मुख्य आयोजक रहेको महोत्सव वेल्जियममा स्थापित वैचारिक, जातिय, सामाजिक तथा क्षेत्रिय झन्डै चार दर्जन संघ संस्थाहरुको सयुक्त सह आयोजनामा हुने महोत्सवको संरक्षकत्वको भुमिकामा नेपाली दुतावास व्रसेल्स रहेको छ।
तपाईको प्रतिक्रिया








