दुबई – सिन्धुपाल्चोक सेवा समाज यूएईमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
समाजको दोस्रो अधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि मनोज नेपालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसमा प्रथम उपाध्यक्ष बिनिता बिक, द्वितीय उपाध्यक्ष लालबहादुर तामाङ, सचिव लक्ष्मण लामा, कोषाध्यक्ष सुरेन्द्र गदाल र सहकोषाध्यक्ष सरोज न्यौपाने निर्वाचित हुनु भएको छ । त्यसैगरि सदस्यहरुमा उत्तम थापा, बसन्त श्रेष्ठ, सविन गिरी, सानी तामाङ, सन्तमाया सुनार, शोभा तामाङ र सम्झना गोले चयन हुनु भएको छ ।
उक्त अधिवेशनको प्रमुख अतिथिमा नेपाली समाज युएईको महासचि तथा पर्वत सेवा समाज युएईका संरक्षक मणिप्रसाद भुर्तेल रहनुभएको थियो भने अधिवेशनको अध्यक्षता निवर्तमान अध्यक्ष विदुर न्यौपानेले गर्नु भएको थियो । नेपाली राष्ट्रिय गानबाट थालनी भए लगत्तै प्रमुख अतिथि, सभापति लगायत अन्य अतिथिहरुबाट संयुक्त रुपमा दीप प्रजोलन गरिएको थियो । संस्थाको तर्फबाट स्वागत मन्तव्य लक्ष्मण लामाले दिनु भएको थियो ।
सिन्धुपाल्चोक जिल्लावासीहरुको पहलमा स्थापना भएको सिन्धुपाल्चोक सेवा समाज युएईले युएईमा अन्य क्रियाशिल विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै धेरै उल्लेखनीय कामहरु गर्दै आएको छ ।









