लन्डन – बेलायती प्रधानमन्त्री ड्भिड क्यामरुनले शनिबार अन्तत दिवगङ्गत आफ्ना पिताको नाममा भएको अपतटीय कम्पनीमा हालेको सेयरबाट राम्रो आम्दानी गरेको स्वीकार गर्नुभएको छ ।
यद्यपि आफ्नो हिस्साको पिताको नामबाट आर्जन गरेको उक्त सेयर सन् २०१० मा आफू प्रधानमन्त्री हुनुभन्दा करिब पाँच महिना पहिले बेचेको उहाँले बताउनुभएको छ । पानामास्थित एक कानुनी फर्मले गोपनीय दस्तावेजको कारोबारसम्बन्धी सूचना अन्तर्राष्ट्रिय पत्रपत्रिकामा आएको पाँच दिनपछि मात्र उक्त स्वीकारोक्ति दिनुभएको छ ।
प्रतिवेदनमा प्रधानमन्त्रीका दिवङ्गत पिता इयान कैमरुनले ‘ब्लेयरमोर होल्डिङ’ नामक एक कम्पनी अपतटीय क्षेत्रमा सञ्चालन गरेको दाबी छ । यसबाट आर्जन गरेको नाफा डेभिड क्यामरुनले आफ्ना पिताको सन् २०१० मा भएको निधनपछि बेचेको स्वीकार बेलायती प्रधानमन्त्रीले ढिलो गरी स्वीकार गर्नुभएको छ ।
कम्पनी बेचेबापत आफूले ३१ हजार ५०० पाउन्ड लिएको क्यामरुनले शुक्रबार राति बताउनुभएको हो । यसअघि बेलायती डाउनिङ स्ट्रिटले चार अपुष्ट तथा क्यामरुनले अवैध सम्पत्ति आर्जन नगरेको भन्दै पटकपटक स्पष्टीकरण दिएको थियो ।
क्यामरुनले वर्तमान समयमा कम्पनीमा कुनै सेयर नभएको पनि शुक्रबारको कुराकानीमा आईटीभी न्युजलाई बताउनुभयो ।








