Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

बेरुत – सिरियाली सहर राक्वामा आईएसका एकजना कमाण्डर मारिएको समाचारको सिरियाली सैनिकले पुष्टि गरेको छ ।

उक्त नगरमा बिहीबार भएको कारबाहीमा सिरियाकै प्रमुख आईएस कमाण्डर मारिएको बताइएको हो । सिरियाली सैनिकले बिहीबार जानकारी दिएअनुसार सिरियामा भएको ड्रोन आक्रमणमा ती कमाण्डर मारिएको पुष्टि भएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बुधबार राति अबेर भएको ड्रोन हमलामा परी सिरियाली उच्चस्तरीय आईएस नेता अबु अल हिजाको मृत्यु भएको जनाएको थियो ।

तर यस विषयमा आईएसको भने कुनै प्रतिक्रिया आएको छैन । आईएसले यस विषयमा केही नभनेको समाचारमा उल्लेख गरिएको छ । राक्वा सिरियामा आईएसको प्रभाव रहेको नगर हो । कतिपयले यसलाई सिरियाली आईएसहरूको राजधानीका रूपमा पनि लिने गरेका छन् । पछिल्लो समयमा यहाँ युद्धविराम भएकोले कारबाहीको क्रम रोकिएको छ । सिरियामा जारी हमलाका क्रममा कैयौँ नागरिकको ज्यान गएको छ ।

यसैबीच इस्लामिस्क स्टेटस् ९आईएस० आतङ्ककारी समूहसँग आवद्ध रहेको आशङ्कामा यमनको राजधानी सहर सानामा १० जना संदिग्ध व्यक्ति पक्राउ परेका छन् । यमनी सुरक्षा निकायले बिहीबार सो जानकारी दिएको छ । यमनमा हाल युद्धबिराम भएको भए पनि आईएसका क्रियाकलापहरूको निकै नै निगरानी गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया