Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

वासिङ्टन डिसी – अमेरिकाको आगामी २०७३ कात्तिक २३ गते मङ्गलबारको दिन हुने राष्ट्रपतीय निर्वाचनको प्रारम्भिक चरणको निर्वाचन अहिले जारी रहेको छ । शुक्रबारसम्मको प्रारम्भिक चरणको चुनावले डेमोक्र्याट पार्टीको तर्फबाट हिलारी क्लिन्टनको अग्रता कायमै रहेको छ भने रिपब्लिकन पार्टीको तर्फबाट धनाढ्य डोनाल्ड ट्रम्पको उम्मेदवारी लगभग पक्का छ ।

हिलारीले राष्ट्रिय सुरक्षा, आप्रवासी कानुनको सुधार, साना हतियारको नियन्त्रण, सामाजिक सुरक्षा र मेडिकेयर, जलवायु परिवर्तन, महिला अधिकार र अवसरजस्ता मुद्दालाई प्राथमिकताका साथ उठाएर अमेरिकालाई अझ सशक्त बनाउने योजना सार्वजनिक गर्नुभएको छ । साथै, उहाँले आर्थिक सुधारको लागि रोजगारी वृद्धि, साना व्यवसायका लागि करमा छुट र मध्यम वर्गका लागि करको दायरा विस्तार गर्नेजस्ता योजनालाई अगाडि सार्नुभएको छ ।

चुनावी दौडमा क्लिन्टनलाई चुनौती दिँदै आएका डेमोक्र्याट पार्टीका उम्मेदवार बर्नी स्यान्डर्सले भने आफ्नो योजना शिक्षामा बढी केन्द्रित गर्नुभएको छ । अरु मुद्दा भन्दा उहाँले कलेजको शिक्षालाई ऋणमुक्त र शुल्कमुक्त बनाउने योजना सार्वजनिक गर्नुभएको छ । यसले गर्दा ऋण लिएर अध्ययन गरिरहेका लाखाँै युवालाई उहाँले समेट्ने प्रयास गरेको देखिएको छ ।

उता अनुदारवादी दलको रुपमा लिइने रिपब्लिकन पार्टीका तर्फबाट अग्रस्थानमा रहेका डोनाल्ड ट्रम्पले अमेरिकालाई एकपटक फेरि महान बनाउने नारा अगाडि सारेर मैदान तताउनुभएको छ । कतिपय विवादास्पद भनाइहरुमाथि कटु आलोचना गरिए पनि आफूले उठाएका मुद्दामा उहाँ अडिग हुनुहुन्छ । उहाँमाथि आप्रवासी र मुस्लिम समुदायप्रति कठोर धारणा राख्ने गरेको भन्दै अमेरिकामै आलोचना भइरहेको छ । आप्रवासी समस्या रोक्न अमेरिकाले सीमामा पर्खाल निर्माण गर्नुपर्ने धारणा पनि उहाँको छ । आफूलाई वास्तविक नेतृत्वकर्ताको रुपमा चित्रण गरी निर्वाचनमा होमिएको बताउने ट्रम्पलाई अस्वीकार्यको बीचमा स्वीकारयोग्य नेताको रुपमा हेरिएको छ । किनकि उहाँको जति आलोचना हुन्छ त्योभन्दा बढी उहाँले मत प्राप्त गरिरहनुभएको छ ।

एकपछि अर्को सफलता पाएकाले उहाँलाई रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार हुनबाट अब रोक्न नसक्ने तर्क पनि आएको छ । उहाँलाई चुनौती दिँदै आएका रिपब्लिकन पार्टीका अर्का उम्मेदवार टेड क्रुजले स्वतन्त्र, मजबुत र सुरक्षित अमेरिका भन्ने नाराका साथ राष्ट्रिय सुरक्षालाई सम्बोधन गर्नुभएको छ भने आर्थिक पक्षलाई रोजगारी, वृद्धि र अवसरको नारा अगाडि सार्नुभएको छ ।

अमेरिकाको आगामी नोभेम्ब्रको चुनावमा यी चारमध्ये एकले नै राष्ट्रपतिको पदभार सम्हाल्ने सम्भावना प्रबल छ । अमेरिकी जनतालाई कसका नारा र धारणाले लोभ्याउँछ उसले नै त्यो पदमा आसिन हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया