Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौँ – प्रवासमा नेपाली भाषा र साहित्यलाई प्रवर्द्धन गर्ने उदेश्यले ‘सद्भावका लागि महिला साहित्य’ भन्ने मूल नाराका साथ दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी अस्ट्रेलियामा सम्पन्न भएको छ । मार्च ४ देखि ६ सम्म अस्ट्रेलियाको सिड्नीमा भएको महोत्सवमा अनेसास केन्द्रले सिक्किमका साहित्यकार डा कबिता लामालाइ अनेसास बिशेष सम्मान तथा इजरायलका साहित्यकार निशा अर्याल र अस्ट्रेलियाका जानकी ढकाललाई अनेसास डायस्पोरा सम्मान प्रदान गरेको छ ।
कार्यक्रममा अनेसास अस्ट्रेलियाले अस्ट्रेलियाको नेपाली समुदायमा योगदान गर्नु हुने महिलाहरु एनआरएन प्याट्रन इन्द्रा बन, एनआरएन ग्लोबल प्रबक्ता रन्जु थापा , एनआरएन अस्ट्रेलिया संयोजक तथा साहित्यकार सुमित्रा बिस्ट, भिक्टोरियाकि साहित्यकार निरु त्रिपाठी, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष्य सुजाता केसीका साथै अस्ट्रेलियामा नेपाली भाषा र साहित्यको स्थापाना तथा प्रबर्धन गर्न लागि पर्नु भएका साहित्यकार कुमार गिरीलाई सम्मान गरिएको थियो ।
संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले भानु द्वी शतबार्षिकी समारोहमा अवसरमा अस्ट्रेलियामा बस्ने साहित्यकारहरु भीमसेन सापकोटा, महेन्द्र पौडेल, सानु घिमिरे , सुरेन्द्र दवाडी तथा हेमंता आचार्यलाई प्रदान गरेको भानु स्वर्ण पदक नेपाल सरकारको तर्फबाट अस्ट्रेलियाका राजदूत रुद्र बरालेल प्रदान गर्नु भाको थियो ।
कार्यक्रममा अनेसास केन्द्रिय उपाध्यक्ष राधेश्याम लेकालीको मुक्तक संग्रह “समयका घोडाहरु”, देश सुब्बा र माइकल फिसरको “फिलोसोफी अफ फियरिज्म”, अनेसास क्षेत्रीय उपाध्यक्ष भीमसेन सापकोटाको कविता संग्रह “प्रश्नमा ईश्वर”, सिलिगुढीकि साहित्यकार लतिका जोशीको कविता संग्रह “भुटभुटी”, आसामकी साहित्यकार उषा शर्माको कथा संग्रह “अज्ञात यात्रा” अमित श्रेष्ठको नेपालमा गएको महाभूकम्प सम्बन्धि अनुभब संगालिएको “द फल्ट” , सिड्नीका अभिवाक हिमालय शमशेर थापाको सकारात्मक सोच सम्बन्धि पुस्तकको पनि विमोचन गरिएको थियो ।
कार्यक्रममा विभिन्न विधामा कार्यपत्र समेत पेश गरिएको थियो । कार्यक्रम गैर आवासीय नेपाली संघ पछीको ठूलो र बिस्तृत संजालको रुपमा स्थापित साहित्यिक संस्था अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )को आयोजनामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया