काठमाडौँ – गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्सको राष्ट्रिय महिला समितिले आगामी मार्च ६ गते अन्तरराष्ट्रिय नारी दिवस २०१६ मनाउने भएको छ । नेदरल्यान्ड्स स्थित स्थानीय नेपाली सङ्घ सस्थाहरुसँग समन्वय गरेर समितिले नारी दिवस मनाउन लागेको हो ।
महिला सशक्तिकरण, महिला अधिकार र समानता नारी दिवसका प्रमुख विषय रहने बताइएको छ । सन १९०९ फेब्रुवरी २८ मा मनाइएको नारी दिवसको १०६औ संस्करण परेको यस वर्ष पनि विभिन्न देशमा विविध कार्यक्रम गरी मनाउने गर्दछन ।
नेदरल्यान्ड्समा यस पटक Het breed 16,1025JX, Amsterdam Noord-Naast Buikslotermeerplein भन्ने ठाउमाआगामी मार्च ६ तारिख दिउसो २ बजे देखि उक्त दिवस मनाउन लगिएको एनआरएन नेदरल्यान्ड्स महिला प्रतिनिधि एबम कार्यक्रम संयोजक साबू पौडेलले बताउनुभयो । २०१६ को नारी दिवसको अबसरमा आयोजित यस पटकको कार्यक्रम मार्फत एनआरएन महिला समितिले बिगत बर्षदेखि संचालित पाठेघर खस्ने महिलाहरुको लागि सहयोग स्वरुप संचालित परियोजना, ‘नारी शशक्तिकरण कोष’ का लागि १ युरोको अभियान र भूकम्पले प्रभावित नेपालको कुनै एक बिद्यालय निर्माणमा सहयोग गर्ने सम्बन्धमा बृहत छलफल एनआरएन लिम्बर्ग प्रतिनिधि समेत रहेकी शान्ति घलेले बताउनुभयो । ***








