पोर्चुगल– अन्तर्राष्ट्रिय कलाकार मञ्चको नयाँ साखा पोर्चुगलमा बिस्तार भएको छ । युरोपभरि मञ्चका कार्यक्रम संचालन गराउन पोर्चुगलमा शाखा बिस्तार गरिएको हो ।
अन्तर्राष्ट्रिय कलाकार मञ्चप्रति कलाकारहरुको बढ्दो आकर्षणप्रति मध्यनजर गर्दै युरोप महाशाखाले स्पेन शाखाको सहयोगमा पोर्चुगलमा बसोबास गर्ने नेपाली कलाकारहरुलाई संगठित गराएको हो । अन्तर्राष्ट्रिय कलाकार मञ्चको केन्द्रद्वारा स्वीकृति प्राप्तगरि पोर्चुगल शाखामा पद्म लामाको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।








